विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

उपभाेक्ताकाे अाँखामा छाराे : स्थिरीकरण कोष लुकाएर इन्धनमा महँगी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ – नेपाल आयल निगमले इन्धनको मूल्य उच्च हुँदा उपभोक्तालाई भार नपार्न भन्दै विगतमा जम्मा गरेको रकम लुकाएर लगातार मूल्यवृद्धि गरिरहेको पाइएको छ ।

विगतमा निगमको नाफा उच्च हुँदा उपभोक्तालाई राहत दिन जम्मा गरिएको मूल्य स्थिरीकरण कोषको थन्काएर इन्धनमा लगातार मूल्य बढाइएको हो ।

केपी ओली नेतृत्वमा सरकार गठन भएयता मुलुकमा पेट्रोलियम पदार्थको मूल्य ५ पटक बढिसकेको छ ।

तर, इन्धनको मूल्य लगातार वृद्धि हुँदा व्यवस्थापन गरिने रकम प्रयोग नगरि निगमले लगातार इन्धनको मूल्य बढाएको हो ।

अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढ्दै जाँदा उपभोक्तालाई राहत दिने उदेश्यका साथ २०७१ सालदेखि मूल्य स्थिरीकरण कोष खडा गरी उपभोक्ताबाट रकम संकलन गरिँदै आएको छ ।

कोषमा अहिले ४ अर्ब रुपैयाँ संकलन भएको छ । जुन रकम प्रयोग नगरी इन्धनमा मूल्य बढाउदा त्यसको प्रतक्ष्य मार उपभोक्तामा परेको छ ।कारोबार

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time