21.5 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

पतिले नै पुर्याउँछन् तस्करसम्म पत्नी

अपराधपतिले नै पुर्याउँछन् तस्करसम्म पत्नी

काठमाडौं – साउन दोस्रो साता भारतको नयाँ दिल्ली हुँदै बेचबिखनका लागि लगिँदै गरेको अवस्थामा ३१ नेपाली महिलाको उद्धार गरियो ।

उनीहरुलाई भारतमा महिला अधिकारका लागि सक्रिय संस्थाले उद्धार गरेर दिल्ली महिला आयोगमा बुझाएको थियो । ती महिलामध्ये विवाहित पनि थिए । आजको नागरिक दैनिकले पहिलो पृष्ठमा समाचार छापेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार उनीहरुलाई पतिले नै दिल्लीसम्म पुर्‍याएका थिए । अध्यागमन विभागले रोकटोक गर्ने सम्भावनालाई ध्यानमा राखी पतिहरु साथै गई दिल्ली पुरेयाएर फर्किएका थिए ।

कुबेत इजराय, इराकजस्ता मुलुक पुग्ने उद्देश्यले भारत पुगेका महिला भने आफ्नो उद्दारप्रति असन्तुस्ट थिए । ती महिलामध्ये आठ जना नेपाल आउन मानेन् भने नेपाल आएकामध्ये अधिकांशले प्रहरीसँग असन्तुष्टि पोखे ।

समाचारमा लेखिएको छ, महिला भारत वा अन्य देशको बाटो हुँदै खाडी राष्ट्रमा पुग्ने गरेका छन् । मासिक ३० हजारभन्दा माथि आम्दानी हुने जानकारीकै भरमा महिलाहरु तस्करको हातमा पर्ने गरेको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानले देखाएको छ ।

2.3kViews

Check out our other content

Check out other tags:

Most Popular Articles