20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

१४ पूर्वसांसद समानुपातिकबाट प्रदेश सभामा (नामसहित)

पत्रपत्रिकाबाट१४ पूर्वसांसद समानुपातिकबाट प्रदेश सभामा (नामसहित)

आजको नयाँ पत्रिकामा खबर छ ।

एमाले : पूर्वसांसदहरू उषाकला राई, यशोधा अधिकारी र शान्ति थिङ समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य बन्दै छन् ।

कांग्रेस : मालेबाट यसअघि सांसद रहेका शिवचन्द्र चौधरी कांग्रेस प्रवेश गरी प्रदेशको सांसद बन्दै छन् । त्यस्तै, पूर्वसांसदद्वय सरस्वती चौधरी र प्रमिलादेवी दास पनि छनोट भएका छन् । यसअघि दोस्रो संविधानसभामा मनोनीत २६ भित्र परेकी गीता वाग्ले र अखण्ड नेपाल पार्टीबाट कांग्रेस प्रवेश गरेका पूर्वसांसद कुमार खड्का पनि सांसद बन्दै छन् ।

माओवादी : माओवादीले पूर्वसांसदहरू सीताकुमारी नेपाली, दामाकुमारी शर्मा र विमला केसीलाई प्रदेश सभा सदस्य बनाउँदै छ ।

राजपा : राजपाले समानुपातिकतर्पm पूर्वसांसदद्वय डिम्पल झा र रामनरेश रायको नाम छनोट गरेर निर्वाचन आयोगमा बुझाएको छ ।

फोरम : संघीय समाजवादी फोरमबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभामा एकजना पूर्वसांसदले प्रतिनिधित्व गर्दै छन् । प्रदेश २ मा फोरमले पूर्वसांसद करिमा वेगमलाई सांसद बनाउँदै छ ।

780Views

Check out our other content

Check out other tags:

Most Popular Articles