20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

ह्‍िवलचेयर क्रिकेटरलाई सरकारको सम्मान: जनही एक लाख दिने निर्णय

खेलकुदह्‍िवलचेयर क्रिकेटरलाई सरकारको सम्मान: जनही एक लाख दिने निर्णय

सरकारले त्रिदेशीय ह्‍िवलचेयर क्रिकेट शृंखलाको उपाधि जित्ने नेपाली टोलीका प्रत्येक सदस्यलाई जनही एक लाख रुपैयाँबाट पुरस्कृत गर्ने भएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

बिहीबारको मन्त्रिपरिषद्को बैठकले उपाधि विजेता टोलीका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले नगद पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो। सरकारको निर्णयबाट आफूहरु उत्साही भएको नेपाल ह्‍िवलचेयर क्रिकेट संघले जनाएको छ।

‘ह्‍िवलचेयरमा बसेर क्रिकेट खेल्नु नै साहसिक काम हो। त्यसमा पनि देशलाई उपाधि नै दिलाउनु त अझ प्रशंसाको विषय हो’, प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले भने, ‘उहाँहरुले देशलाई दिनु भएको खुसी र देखाउनु भएको साहसको प्रशंसा गर्दै थप हौसला बढाउन सरकारले जनही एक लाख रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो।’

7.3kViews

Check out our other content

Check out other tags:

Most Popular Articles