21.5 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

सचिवज्यू सपिङ जाँदा पनि मिटिङ ?

पत्रपत्रिकाबाटसचिवज्यू सपिङ जाँदा पनि मिटिङ ?

केन्द्रीय प्रशासनिक भवन सिंहदरबारका मन्त्रालयदेखि अधिकांश सरकारी कार्यालयका हाकिम लगातार मिटिङमा व्यस्त हुँदा सेवाग्राही हैरानीमा परेका छन्। उनीहरूले मन्त्रालयलाई ‘मिटिङको अखडा र हाकिमलाई ‘कामचोर’ को संज्ञा दिन थालेका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

नीति निर्माण तहमा पहुँच राख्ने सरकारका सचिव÷सहसचिव लगातार कोठे मिटिङमा व्यस्त हुँदा राज्यले ठोस नीतिगत प्रस्ताव(योजना ल्याउन सकेको छैन। कर्मचारीको मिटिङमा मात्रै वार्षिक अर्बौं खर्च हुने गरेको छ भने ७५ प्रतिशतभन्दा बढी मिटिङका निर्णय कार्यान्वयनमै आएका छैनन्।

मिटिङको नाममा अर्बौं खर्च भए पनि प्रतिफल प्राप्त हुन नसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव प्रेमकुमार राईले जानकारी दिए। ‘सिंहदरबारमा हुने गरेको मिटिङ प्रतिदिन फजुलजस्तै हुन थालेको छ। प्रतिफल ननिस्कने मिटिङको कुनै अर्थ छैन। अब यो पद्धतिमा आमूल सुधार जरुरी देखिन्छु, सचिव राईले भने।

विभिन्न काम लिएर मन्त्रालयका सचिव-सहसचिवलाई भेट्न आउने सेवाग्राहीसँग सचिवालयका कर्मचारीको रेडिमेड जवाफ हुन्छ, ‘सचिव, सहसचिवज्यूहरू मिटिङमा जानुभएको छ, भेट्न कठिन छ।’ सचिव-सहसचिवले भत्ताको लोभले पनि बढी मिटिङ राख्ने गरेको कर्मचारीको आरोप छ। उनीहरूले मिटिङ भत्ताबापत दैनिक १ हजारदेखि ३ हजारसम्म बुझ्ने गरेका छन्।

बुधबार कार्यालय समय सुरु हुँदा सामान्य प्रशासन मन्त्रालयका सचिव-सहसचिवलगायत अधिकारी मन्त्रालयमा थिएनन्। सचिवालयले उनीहरू मिटिङमा गएको जवाफ दियो। ऊर्जा मन्त्रालय पुग्दा सचिव अनुपकुमार उपाध्याय कार्यकक्षमा भेटिएनन्। ‘सचिवज्यू बाहिर जानुभएको छ’, सचिवालयका कर्मचारीले भने, ‘बाहिर मिटिङमा जानुभएको हो।’

दिउँसो सिँचाइ मन्त्रालय पुग्दा सचिव रामानन्दप्रसाद साह मिटिङमा व्यस्त रहेको जवाफ पाइयो। उनको कार्यकक्षबाहिर केही सेवाग्राही कुरिरहेका थिए। सप्तरीबाट आएका एक सेवाग्राही भन्दै थिए, ‘सचिवज्यू मिटिङमा हुनुहुन्छ भनेर केही घन्टादेखि कुरिरहेको छु। हेरौं भेट्ने अवसर पाइन्छ कि !’

यसैगरी, अपराह्न २ः४५ मा खानेपानी तथा सरसफाइ मन्त्रालय पुग्दा सचिव कृष्णराज बिसी मिटिङमा नगरकोट गएको जवाफ पाइयो। अपराह्न ३ः३० मा शान्ति तथा पुनर्निर्माण मन्त्रालय पुग्दा सचिव गजेन्द्र ठाकुर नफर्कने गरी कार्यालयबाट बाहिरिसकेको जानकारी दिइयो। यस्तै ३ बजे आपूर्ति मन्त्रालय पुग्दा सचिव अनिलकुमार ठाकुर पनि मिटिङमा गइसकेको भनियो। ‘उहाँ २ बजेतिर मिटिङ भनेर निस्कनुभएको हो, अब आउनुहुन्न होला’, सचिवालयका कर्मचारीले जानकारी दिए।

मन्त्रालयका सचिव-सहसचिवको मिटिङ देखेर उपसचिव, अधिकृत तथा साना तहका कर्मचारीसमेत अचम्ममा पर्ने गरेका छन्। कर्मचारीका अनुसार कतिपय सचिव-सहसचिवले व्यक्तिगत काममा जाँदा पनि सचिवालयका कर्मचारीलाई मिटिङमा गएको भन्न लगाउने गरेका छन्। उनीहरू कार्यालय समयमै सरकारी गाडी लिएर व्यक्तिगत काम, सपिङ तथा आफन्तको विभिन्न काममा हिँड्ने गर्दा पनि मिटिङमा गएको भन्छन्।

615Views

Check out our other content

Check out other tags:

Most Popular Articles