17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

‘रेड पासपोर्ट’ लिनेको संख्या बढ्यो

पत्रपत्रिकाबाट'रेड पासपोर्ट' लिनेको संख्या बढ्यो

काठमाडौं – मुलुकमा संघीयता कार्यान्वयन भएसँगै कुटनीतिक राहदानी (रातो पासपोर्ट) को प्रयोग समेत बढेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

तीन तहको निर्वाचनपछि जनप्रतिनिधि तथा मन्त्रीको संख्या बढेसँगै राहदानी विभागबाट कुटनीतिक राहदानी विगतको भन्दा धेरै जारी भएको छ ।

मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लागू भएयता आठ वर्षको अवधिमा चार हजार ४०७ पटक कुटनीतिक राहदानी जारी भएको छ ।

गत वर्ष राहदानी विभागले ५३७ वटा रातो पासपोर्ट जारी गरेको छ । यस वर्ष असोज मसान्तसम्म ५९७ वटा राहदानी जारी भइसकेको विभागका सूचना अधिकारी तीर्थराज अर्यालले जानकारी दिए ।

मन्त्री, सांसददेखि नगर प्रमुख र सरकारी कर्मचारीसम्मले रातो पासपोर्ट प्रयोग गर्दै आएका छन् । जनप्रतिनिधि तथा सरकारका पदाधिकारीबाट कुटनीतिक राहदानीका लागि विगतको भन्दा सिफारिस बढी आएको विभागका सूचना अधिकारी अर्यालले बताए ।

1.9kViews

Check out our other content

Check out other tags:

Most Popular Articles