20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

क्याम्पसको आम्दानी कर्मचारीको पोल्टामा

पत्रपत्रिकाबाटक्याम्पसको आम्दानी कर्मचारीको पोल्टामा

जनकपुरधाम–जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसको जग्गाबाट हुने आम्दानी सीधै कर्मचारीको खल्तीमा जाने गरेको छ । झन्डै ९० बिघा जग्गाको कमाइ वर्षौँदेखि क्याम्पसको खातामा दाखिल भएको छैन ।


जनकपुरका दाजुभाइ रामस्वरूप र रामसागर साहले क्याम्पसका लागि धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाअन्तर्गत महेन्द्रनगर सखुवामा ५७ बिघा र नन्दुपट्टीमा २२ बिघा १४ कट्ठा जग्गा क्याम्पसलाई दान दिएका थिए ।

त्यसैगरी, जानमुन सिंहले धनुषाको दुरबकोट हथलेटवामा चार बिघा १३ कट्ठा, रामचन्द्र साहले जनकपुरमा सात कठ्ठा १६ धुर, तुलसी गिरीले सात कठ्ठा १६ धुर र गुठी संस्थानले पाँच बिघा जग्गा क्याम्पसलाई दान दिएका थिए । तर, जग्गाको आम्दानी क्याम्पसमा दाखिला नभएको वर्षौँ भइसकेको छ । नयाँ पत्रिका दैनिकमा यो खबर छापिएको छ ।

810Views

Check out our other content

Check out other tags:

Most Popular Articles