20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

कति पाए म्यादी प्रहरीले ?

निर्वाचनकति पाए म्यादी प्रहरीले ?

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी सुरक्षामा खटिएका म्यादी प्रहरीको बिदाइका क्रममा दोलखा र कालिकोटमा झडप भयो । दुवै घटनामा म्यादी प्रहरीको असन्तुष्टि थियो– दिने भनिएको सेवासुविधा प्रहरीले कटौती गरेर दियो ।

दोस्रो दिन पनि जारी कफ्र्युले सुनसान कालिकोट सदरमुकाम मान्म बजार । प्रहरीको गोलीले म्यादीको मृत्यु भएपछि शुक्रबारदेखि सदरमुकाम तनावग्रस्त छ ।

यही विवादमा ३ पुसमा दोलखामा म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा ७ जना घाइते भए । त्यस्तै, ७ पुसमा कालिकोटमा यस्तै प्रकृतिको झडप हुँदा प्रहरीको गोली लागी म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भयो ।

८ पुसमा गृह मन्त्रालयले कालिकोटमा मृत्यु भएका म्यादी प्रहरीको घटनामा छानबिन गर्न मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ । सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश पाएको समितिले आइतबार काम थालेको छ ।,यो खबर आजको कान्तिपुरमा छ ।

5.3kViews

Check out our other content

Check out other tags:

Most Popular Articles