17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

कुवेतमा सात जनालाई मृत्युदण्ड

समाचारअन्तर्राष्ट्रियकुवेतमा सात जनालाई मृत्युदण्ड

कुवेत  १२ माघ 

विभिन्न जघन्य अपराधमा संलग्न आरोपित अपराधीहरुलाई कुवेतले मृत्युदण्डको सजाय दिनेगरी केही पहिले सुनाएको फैसला  कार्यान्वन गरिएको छ ।
मृत्यु दण्डको सजाय पाउने सात जना अपराधीमध्ये राजपरिवारका एक जना सदस्य पनि परेका छन् ।
केही अघि विभिन्न समयमा ती अपराधीहरुले चालीस जना भन्दा बढी मानिसहरुका ज्यान लिएका थिए ।
सजाय पाउने सबै अपराधीलाई आज एकमुष्ट झुण्ड्याएर मारिएको छ । तेल धनी यस मुलुकमा धेरै वर्षपछि पहिलो पटक यसरी मृत्युदण्डको सजाय कार्यान्वन गरिएको हो ।
मृत्युदण्डको सजाय पाउने सात जना अपराधीमा एक जना बङ्गलादेशी, एक जना फिलिपिन्सको, एक जना इथियोपियाली, दुई जना इजिप्टेली र दुई जना कुवेतकै नागरिकसमेत रहेका सरकारी स्वामित्वको ‘कुना’ समाचार समितिद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।
मृत्युदण्डको सजाय पाउने कुवेतकै नागरिकहरुमा राजपरिवारको एकजना सदस्यको नाम फैजल अब्दुल्लाह अल जबर अल सबाह भन्ने खुलासा गरिएको छ ।

1.8kViews

Check out our other content

Check out other tags:

Most Popular Articles