0
Share
मकवानपुर, ४ पुस
मनहरी गाउँपालिका–६ रुपाचुरी बस्ने ४२ बर्षीय सेतीलाल थिङलाई प्रहरीले अवैध लागूऔषध गाँजा १ सय किलो र १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मंगलबार थिङको घर तलासी गर्दा उक्त गाँजा र भरुवा बन्दुक बरामद भएको थियो ।
यसैगरी सोही जिल्लाको मकवानपुरगढी गाउँपालिका–४ मनकामना बस्ने ६३ वर्षीय राम बहादुर गोलेलाई प्रहरीले सोमबार जंगलमा शिकार खेल्नको लागि भरुवा बन्दुक बोकी हिंडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको छ ।
यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२०७४ पुस ४ गते प्रकाशित
945Views