20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

२२० केभिए जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र

आर्थिक२२० केभिए जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र

बेनी, म्याग्दी, २६ मंसिर 

सरकारले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा २२० केभिए सवस्टेसन र म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने प्रसारण लाइन निर्माणको काम अघि बढाएपछि जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्ररुपमा अघि बढेको छ ।

कालीगण्डकी करिडोर क्षेत्रमा निर्माण हुने जलविद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडन सरकारले सवस्टेशन र प्रसारण लाइनको काम अघि बढाएको हो ।

दाना र खुर्कोटमा जग्गा प्राप्तिको विवादले निर्माण प्रक्रिया दुई वर्ष लम्बिएको थियो । सोही कारणले ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत् आयोजनाले १३ महिना लगाएर निर्माण कार्य गर्न सकेको थियो भने पाँच मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजनाको निर्माण पनि निकै सुस्त थियो ।

विसं २०७३ को जेठ महिनादेखि दानामा सवस्टेसन निर्माणको काम अघि बढेपछि र प्रसारण लाइनअन्तर्गत खुर्कोटमा निर्माण हुने सवस्टेसनको जग्गा विवाद पनि २०७३ भदौमा टुंगिएपछि अहिले सवस्टेसन र प्रसारण लाइन दुवै कामले गति लिएको छ । घलेम्दी हाइड्रो लिमिटेडका प्रबन्ध निर्देशक प्रमोद श्रेष्ठले दाना सवस्टेसनको विवाद ढिला टु्ङ्गिँदा यसको प्रभाव जलविद्युत् आयोजनामा परेको बताउनुभयो ।

मिस्त्रीका आवासीय इन्जिनियर दिवाकर खड्काले पनि अबको २० महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको र सो अवधिभित्र सवस्टेसन र प्रसारण लाइन पनि सम्पन्न हुने आशा गरिएको बताउनुभयो ।

1.0kViews

Check out our other content

Check out other tags:

Most Popular Articles