18.2 C
Nepal
Wednesday, October 4, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

सिंहदरबारको छतमा हुर्किरहेका बालक !

पत्रपत्रिकाबाटसिंहदरबारको छतमा हुर्किरहेका बालक !

सिंहदरबार परिसरभित्र युवा तथा खेलकुद मन्त्रालयको भवन ।

तयसको छतमा जस्ता र कपडाले बारेर बनाईएको सानो कटेरो ।

१४ पुसमा ४ महिना टेकेका दीपसागर राई पछिल्लो एक महिनादेखि त्यही कटेरोमै छन् ।

सिंहदरबारभित्रको एउटा मन्त्रालयको छतमा सिंगो दिन बिताउने बालक को होलान् ?
चासो सबैको हुन सक्छ ।

यसको पछि लुकेको बाध्यताको कथा सुन्दा जो कोहिको मन भने छुन्छ ।

मन्त्रालयमा ७ बर्षदेखि कार्यालय सहयोगीको रुपमा कार्यरत रश्मी राईका छोरा हुन् दीपसागर ।
जो आमो छातीमा टाँसिएर हरेक दिन मुलुकको प्रशासनि मुख्यालय पुग्छन् ।

त्यसपछि आमा दिनभर कार्यालयको काममा व्यस्त हुन्छिन् भने दीपसागर छतको एउटा कुनामा ओल्टो कोल्टो गरिरहन्छन् ।
पुको कठ्याँग्रिदो चिसोमा पनि छोरालाई छतमा राख्नु रश्मीको रहर भने होइन ।

छोरा जन्मेपछिद उनी २ महिना विदा बसिन् ।
त्यसपछि पनि कार्यालय नजाँदा करारको जागिर जाने डरले उनी दुईमहिने नाबालक च्यापेर मन्त्रालय जान थालिन् ।

त्यसयता हरेक दिन विहान करिव ९ बजे उनी अनामनगरस्थित डेराबाट छोरा र उनलाई चाहिने एक झोला सरसामान बाकेर मन्त्रालय धाउँछिन् ।, यो खबर आजको कान्तिपुरमा सुरेशराज न्यौपानेले लेखेका छन् ।

780Views

Check out our other content

Check out other tags:

Most Popular Articles