17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

साञ्जेन जलविद्युत् कम्पनीको ८७ लाख ६० हजार कित्ता साधारण सेयर आउँदै

आर्थिकसाञ्जेन जलविद्युत् कम्पनीको ८७ लाख ६० हजार कित्ता साधारण सेयर आउँदै

काठमाडौँ, २८ मंसिर 

साञ्जेन जलविद्युत् कम्पनीले ८७ लाख ६० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले साञ्जेनलाई साधारण सेयर निष्काशनको अनुमति दिएको हो ।

चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले निर्माण गरिरहेको यो कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, कम्पनीका कर्मचारी, नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी, साविक जिल्ला विकास समिति रसुवा र साविक चिलिमे गाविसका कर्मचारीका लागि प्रदान गरिने साधारण सेयर बिक्रीको अनुमति दिइएको हो ।

बोर्डबाट स्वीकृति पाएको ६० दिनभित्र पहिलो चरणमा कोषका कर्मचारी र सञ्चयकर्ता लगायतलाई साधारण सेयर बिक्री गरिनेछ । सञ्चय कोषका सञ्चयकर्ताका लागि १९ दशमलव ५ प्रतिशत, त्यहाँ कार्यरत कर्मचारीका लागि एक प्रतिशत र कम्पनीमा कार्यरत कर्मचारीका लागि तीन दशमलव पाँच प्रतिशत सेयर बिक्री गरिनेछ ।

सञ्चयकर्ता लगायतलाई साधारण सेयर बिक्री गरेपछि स्थानीय प्रभावितलाई १० प्रतिशत र आम नेपालीका लागि १५ प्रतिशत सेयर निष्काशन गर्ने कम्पनीको तयारी छ ।

कम्पनीले रसुवामा निर्माणाधीन ५७ दशमलव ३ मेगावाटका माथिल्लो र तल्लो साञ्जेन जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोमध्ये माथिल्लो साञ्जेन निर्माणको कार्य अन्तिम चरणमा पुगेको कम्पनीका प्रमुख किरण श्रेष्ठले बताउनुभयो ।

870Views

Check out our other content

Check out other tags:

Most Popular Articles