18 C
Nepal
Wednesday, October 4, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

समानुपातिकमा एमाले अग्रता यथावत, झिनो मत अन्तरले पछ्याउँदै कांग्रेस

निर्वाचनसमानुपातिकमा एमाले अग्रता यथावत, झिनो मत अन्तरले पछ्याउँदै कांग्रेस

२६ मंसिर, काठमाडौं । समानुपातिकतर्फको मतगणनामा सुरुदेखि नै अग्रता लिएको नेकपा एमालेले आफ्नो अग्रता यथावत राखेको छ । एमालेलाई कांग्रेसले पछ्याइरहेको छ भने कांग्रेसपछिको मत माओवादी केन्द्रले पाएको छ ।

निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एमालेले दश लाख २८हजार ४६७ मत प्राप्त गरी अग्रस्थान लिइरहेको छ ।

यसैगरी कांग्रेसले नौ लाख ५८ हजार ९२६ मत हासिल गरिसकेको छ । कांग्रेसभन्दा निकै नै पछि रहेको माओवादी केन्द्रले चार लाख २० हजार ९८० मत बटुलेको छ ।

आयोगको सूचना व्यवस्थापन शाखाका अनुसार, विवेकशील साझा पार्टीले ५३ हजार १०६ मत प्राप्त गरेको छ ।

5.9kViews

Check out our other content

Check out other tags:

Most Popular Articles