17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

सदरमुकाममै अड्कियो सिंहदरबार

पत्रपत्रिकाबाटसदरमुकाममै अड्कियो सिंहदरबार

जाजरकाेट – ‘गाउँमै सिंहदरबार अाइपुग्छ’ भन्ने अाशमा स्थानीय तहको निर्वाचनमा उत्साहका साथ मतदान गरेका सर्वसाधारण यतिबेला सानो कामका लागि पनि सदरमुकाम धाउनु परेपछि हैरानी खेप्न बाध्य छन् । आजको नागरिक दैनिकमा खबर छ ।

गाउँगाउँमा सिंहदरबार सुनेका जनता यतिबेला सानो कामका लागि पनि  सदरमुकाम खलंगामा आउनु पर्दा स्थानीय सरकारको कुनै अनुभूति गर्न नपाएको गुनासो गर्न थालेका छन् । सदरमुकाम खलंगा बाहेक कुनै पनि स्थानीय तहमा बैंकिङ सेवा नहुँदा जनताले पुरानै सास्ती खेप्नु परेको सरोकारवालाको भनाइ छ ।

स्थानीय सरकार स्वायत्त र अधिकार सम्पन्न हुने र जनताका सबै काम गाउँबाटै  हुने भनिए पनि मुख्य रूपमा बैंकिङ सेवा, नागरिकता, मालपोतको नापी र अन्य महत्वपूर्ण कामका लागि  स्थानीयलाई  सदरमुकाममा आउनैपर्ने बाध्यता छ ।

सदरमुकाम खलंगामा  सरकारी तथा निजी क्षेत्रका आधा दर्जन बैंक भए पनि  अन्य स्थानीय तहमा भने सुरक्षा र अन्य व्यवस्थापनका कारण बैंक  स्थापना हुन सकेका छैनन् । यसले स्थानीयलाई सदरमुकाम खलंगामा नआई सुखै छैन ।

‘नारामा मात्र सिंहदरबार गाउँ पुग्यो। हामीलाइ भने सिंहदरबार खोज्न  सदरमुकाममै आउनुपर्ने भयो,’ जुनीचाँदे गाउँपालिका वडा नम्बर २ का धनबहादुर खड्काले भने । मुख्य काम गर्न खलंगा नआई नहुने भएपछि परिवर्तन आयो भन्ने झूट भएको भएको बताए।

810Views

Check out our other content

Check out other tags:

Most Popular Articles