0
Share
काठमाडौं २६ मंसिर
लक्ष्मी बैंकले मासिक बचतमा ब्याज दिने गरि मुद्दति खाता ल्याएको छ। यो खातामा ग्राहकले मासिक न्यूनतम ५०० वा यसभन्दा बढि रकम जम्मा गर्न सक्छन्।
ग्राहकले मासिक कति जम्मा गर्ने भन्ने सुनिश्चित गरिसकेपछि यो रकम हरेक महिना स्वतः लक्षित मुद्दतीखातामा जम्मा हुने गर्दछ। १ वर्षदेखि ५ वर्षसम्मको समयावधि निर्धारण गरी खाता खोल्न सकिन्छ। खातामा बैंकले बार्षिक ९ प्रतिशत ब्याज तोकेको छ।
बैंकले मुद्दती खाता खोल्नेलाई आफ्नो सहायक कम्पनी लक्ष्मी क्यपिटलबाट निःशुल्क डिम्याट खाता खोल्ने सुविधा पनि दिने छ।
1.3kViews