17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

रेशमलाल चौधरीलाई प्रमाणपत्र दिन माग

क्राइमरेशमलाल चौधरीलाई प्रमाणपत्र दिन माग

काठमाडौँ, ७ पुस । राष्ट्रिय जनता पार्टी नेपालले कैलाली निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित रेशमलाल चौधरीलाई विजेताको प्रमाणपत्र प्रदान गर्न निर्वाचन आयोगसँग माग गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले चौधरीको प्रमाणपत्र वारेसमार्फत प्रदान गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । विसं २०७२ भदौ ७ गते टीकापुरमा भएको घटनाबारे छानविन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उहाँले प्रतिवेदन तथा अदालतबाट चौधरी दोषी देखिएमा कानूनअनुसार सजाय हुने बताउनुभयो ।

गत मंसिर २१ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा चौधरी ३४ हजार ३४१ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नवनिर्वाचित सांसद चौधरीकी श्रीमती रञ्जिताले आयोगले उम्मेदवारी लिएपछि जनताको परिणामलाई स्वीकार्नुपर्नेमा जोड दिँदै प्रमाणपत्र वितरण गर्ने दायित्व आयोगकै भएको बताउनुभयो ।

टीकापुर थारु संघर्ष समितिका संयोजक रामबहादुर बुढा ऐर, सदस्य फागुराम चौधरीलगायतले टीकापुर घटना दुःखदायी र राजनीतिक भएको बताउँदै जननिर्वाचित चौधरीलाई तत्काल प्रमाणपत्र प्रदान गर्न आग्रह गर्नुभयो ।

२०७४ पुस ७ गते प्रकाशित

5.3kViews

Check out our other content

Check out other tags:

Most Popular Articles