18 C
Nepal
Wednesday, October 4, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

मेयर/उपमेयरको विदेश भ्रमण मोह: कति जना गए विदेश भ्रमणमा ?

पत्रपत्रिकाबाटमेयर/उपमेयरको विदेश भ्रमण मोह: कति जना गए विदेश भ्रमणमा ?

आजको नागरिक दैनिकमा यो खबर छः

नवलपरासीको रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ता, उपप्रमुख रम्भा कुँवर, प्रशासकीय अधिकृत दिनेश पन्थीलगायत ४ सदस्यीय टोली एक साता चिन भ्रमणमा जाने तयारीमा लागेका छन् ।

स्थानीय तह निर्वाचनपछि करिब तीन दर्जन मेयर, उपमेयरले विदेश भ्रमण गरिसकेका छन्  भने केही भ्रमण गर्ने प्रक्रियामा छन् ।

स्थानीय विकास मन्त्रालयको रेकर्डमा स्थानीय निर्वाचनपछि १९ मेयर, उपमेयरले मन्त्रालयसँग सहमति लिएर विदेश भ्रमण गरिसकेका छन् भने करिब १० मेयर, यपमेयरले मन्त्रालयसँग सहमति नलिएरै आफूखुशी विदेश भ्रमण गरेको अनुमान मन्त्रालयका कर्मचारीले गरेका छन् ।

निजी र पारिवारिक भ्रमणबाहेक अन्य किसिमका विदेश भ्रमण गर्नुपर्दा भ्रमणअघि स्थानीय विकास मन्त्रालयसँग सहमति लिन मन्त्रालयले सबै सथानीय तहमा परिपत्र पठाएको छ ।

विदेश भ्रमण गर्न जानेमध्ये महानगरपालिका तथा उपमहानगरपालिकाका मेयर, उपमेयर बढी छन् । ललितपुर  महानगरपालिकाका मेयर चिरीबाबु महर्जन तीनपटक विदेश भ्रमण (जापान, थाइल्यान्ड, दक्षिण कोरिया) गइसकेका छन् ।

1.2kViews

Check out our other content

Check out other tags:

Most Popular Articles