17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

मतदातालार्इ पैसा बाँड्न बोकेको तीन लाखसहित एमाले कार्यकर्ता पक्राउ

आर्थिकमतदातालार्इ पैसा बाँड्न बोकेको तीन लाखसहित एमाले कार्यकर्ता पक्राउ

वीरगन्ज २० मंसिर

पर्साको पोखरीयाबाट सशस्त्र प्रहरीले एमालेका उम्मेदवारको पक्षमा मत खरिद गर्नका लागि पैसा बोकेर हिँडेका एमालेका कार्यकर्तालाई नगद रकमसहित पक्राउ गरेको छ। पर्साको क्षेत्र नम्बर ३ मा पर्ने पोखरीया नगरपालिका ९ सोमरबारी चोकबाट सशस्त्र प्रहरीले बुधबार बिहान एमाले कार्यकर्तालाई तीन लाख नगदसहित पक्राउ गरेको हो।

पर्साको बहुदरमाई नगरपालिका ७ फुलकौल टोला अशोककुमार गुप्ता रौनियार, वासुप्रसाद यादव र वृजेष पटेल पक्राउ परेका हुन्। रौनीयार, पर्सा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनका उम्मेदवार एवम् एमाले नेता राजकुमार गुप्ता रौनीयारका भाइ हुन्।

ना १ ह ९३३२ अटो रिक्सालाई समेरबारी चोकमा सशस्त्र प्रहरीले शंका लागेर चेकजाँच गर्दा नगद तीन लाखसहित एमालेको चुनाव चिन्हमा स्वस्तिक छाप लगाइएको मतपत्रका नमुना, एमालेको चुनाव चिन्ह अंकित पर्चालगायतका चुनावी प्रचारका सामाग्री बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गा दत्त पन्तले जानकारी दिए।

‘गाँउ तिर जाँदै गरेको अटो रिक्सा चेकजाँच गर्दा एक जनाको साथबाट दुई लाख र अर्का एक जनाको साथबाट एक लाख रुपैयाँ बरामत भएको छ, ’उनले भने ,‘रकमसंँगै एमालेको झण्डा, नमुना मतपत्र समेत अटो रिक्साबाट बरामद भएको छ।’

नगद रकमसहित पक्राउ परेका तीन जनालाई आवश्यक अनुसन्धान र कार्वाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरीयाको जिम्मा लगाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक पन्तले जानकारी दिए।

795Views

Check out our other content

Check out other tags:

Most Popular Articles