17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

प्रदेश प्रमुख तोक्ने अन्तिम गृहकार्यमा सरकार, सम्भवतः निर्णय आज

पत्रपत्रिकाबाटप्रदेश प्रमुख तोक्ने अन्तिम गृहकार्यमा सरकार, सम्भवतः निर्णय आज

प्रधानमन्त्री शेरबहादुर देउवाले सात वटै प्रदेश प्रमुखका लागि सम्भावित व्यक्तिको नाम तय गर्ने आन्तरिक गृह कार्य थालेको समाचारलाई नागरिक दैनिकले भित्री पृष्ठमा लेखेको छ ।

शुक्रबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकमा सातवटै प्रदेशमा प्रदेश प्रमुखको मनोनयन गर्ने तयारी सरकारले गरेको सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतको भनाइलाई उद्धृत गर्दै नागरिक दैनिकले समाचार लेखेको छ ।

समाचार अनुसार शुक्रबार बिहानसम्म सातवटै प्रदेश प्रमुखको सूची तय भएमा सोहीदिन बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको मनोनयन गर्ने तयारी सरकारले गरेको छ ।

‘शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रमुखको मनोनयन हुने सभ्भावना छ’, सञ्चार मन्त्री बस्नेतले नागरिकसँग भनेका छन् ।

तर, नयाँ पत्रिका दैनिकले भने प्रदेश प्रमुख तोक्न सरकारले ढिलासुस्ती गरेको समाचारलाई मुख्य समाचार बनाएर छापेको छ । गृहकार्य नपुगेको भन्दै तत्कालका लागि दुवै काम थाती राखिएको समाचारको सार छ ।

2.1kViews

Check out our other content

Check out other tags:

Most Popular Articles