0
Share
सरकारले पाँच बर्षका लागि प्रदेश प्रमुख तोके पनि उनीहरुले पूरा अवधि काम गर्न नपाउने देखिएको छ ।
आगामी महिना नयाँ सरकार गठन गर्ने तयारीमा रहेका वाम गठबन्धनका नेताले सरकारले बिनासहमति प्रदेश प्रमुख तोकेकाले उनीहरुको भविष्य अन्योल भएको बताएका छन् ।
सरकारले सहमतिको आधारमा प्रदेश म्रमुख नियुक्त नगरेको भन्दै एमाले सचिव प्रदीप ज्ञवालीले भने,
उहाँहरुको भविष्य के हुने भन्ने विषयमा नियुक्ति गर्नेहरुले नै सोच्नुपर्ने हो ।
प्रदेश प्रमुख सरकार र राष्ट्रपतिको प्रतिनिधि हुने हुनाले नयाँ सरकारले त्यसैअनुसार निर्णय गर्नेछ ।
ज्ञवालीले अहिले तोकिएका प्रदेश प्रमुखहरुले नयाँ सरकारको प्रतिनिधित्व गर्न नसक्ने बताए । आजको नागरिक दैनिकमा खबर छ ।
825Views