17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

न्युयोर्कस्थित ट्रम्प टावरमा आगलागी

भ्रष्टाचारन्युयोर्कस्थित ट्रम्प टावरमा आगलागी

न्युयोर्कस्थित ट्रम्प टावरको छानामा सोमबार आगलागी भएको छ। अमेरिकी अग्नि नियन्त्रण विभागका अनुसार आगो निभाउने क्रममा दुईजना सामान्य घाइते भएका छन्।

स्थानीय समयअनुसार बिहान ७ बजे न्युयोर्कको मिड टाउन म्यानह्याटनमा रहेको ५८ तले गगनचुम्बी भवनको छानाबाट आगो सल्किएको थियो।

अग्निनियन्त्रण अधिकारीले तत्कालै आगो नियन्त्रणमा लिएको म्यानह्याटन क्षेत्रका प्रशासन प्रमुख रोगर डब्लु साकोविचले आगलागी नियन्त्रण गरिएपछि गरेको पत्रकार सम्मेलनमा बताए । न्युयोर्कको फिफ्थ एभेन्युमा रहेको उक्त भवनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वासिङ्टन जानुपूर्व ट्रम्प र उनको परिवारका सदस्य बस्दै आएका थिए । टावरमा आगलागी हुँदा राष्ट्रपति ट्रम्प वासिङटनमा थिए ।

विभागले तत्कालै अग्निनियन्त्रणका लागि एक समूह पठाई एक घण्टाभित्रै आगो नियन्त्रणमा लिएको थियो भने आगलागी भएको तलालाई वातानुकूलित बनाएको जनाएको छ।

‘ट्रम्प अर्गनाइजेशन’का उपप्रमुख तथा राष्ट्रपति ट्रम्पका छोरा एरिक ट्रम्पले आगलागीबारे ट्विट गर्दै भनेका छन्, ‘भवनको माथिल्लो तलामा रहेको ‘कुलिङ टावर’मा सानो विद्युतीय समस्या आएको तर अग्निनियन्त्रण अधिकारीले आगलागी भएको केही मिनेटभित्र पुगेर यसलाई नियन्त्रण लिएका थिए ।’

765Views

Check out our other content

Check out other tags:

Most Popular Articles