20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

नेपाल रेडक्रसलाई चीन रेडक्रसको रु १३ करोड सहयोग

समाचारअन्तर्राष्ट्रियनेपाल रेडक्रसलाई चीन रेडक्रसको रु १३ करोड सहयोग

काठमाडौँ, २० पुस । नेपाल रेडक्रस सोसाइटीलाई रेडक्रस सोसाइटी चीनले केन्द्रीय गोदामघर निर्माण गर्न आर्थिक एवं प्राविधिक सहयोग गर्ने भएको छ ।

नेपाल रेडक्रस सोसाइटीले विपद्का समयमा उपयोग गर्न भक्तपुरमा सो गोदामघर निर्माण गर्दैछ । सो सहयोगसम्बन्धी सम्झौतापत्रमा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वा र चीन रेडक्रस उपाध्यक्ष वाङ हाइजिङले आज यहाँ हस्ताक्षर गर्नुभयो । उपाध्यक्ष हाइजिङ सहितको उच्च प्रतिनिधि तीनदिने नेपाल भ्रमणमा हुनुहुन्छ ।

यसका लागि नेपाल रेडक्रस सोसाइटीलाई रेडक्रस सोसाइटी चीनले रु १३ करोड आर्थिकसहित अन्य सहयोग प्रदान गर्नेछ । आगामी दुई वर्षभित्र गोदामघरको निर्माण सम्पन्न हुने सोसाइटीका मानवीय तथा सञ्चार विभागका प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

सोसाइटीका अध्यक्ष सञ्जीव थापाले विस २०७२ को भूकम्पपछि ठूलो क्षमताको गोदामघरको आवश्यकता खट्किएको चर्चा गर्दै गोदामघर निर्माणमा चीन रेडक्रसबाट प्राप्त सहयोगको लागि धन्यवाद दिनुभयो ।

चीन रेडक्रसका उपाध्यक्ष हाइजिङले नेपाल रेडक्रसलाई गोदाम घर निर्माणका साथै अन्य क्षेत्रमा पनि सहयोग जारी रहने बताउनुभयो ।

सोसाइटीका महामन्त्री धाख्वाले नेपाल रेडक्रसको सन् २०२० सम्मको विकास योजनाअनुसार गोदामघर निर्माण परियोजना प्रस्तुत गरिएको बताउनुभयो ।

उपाध्यक्ष हाइजिङ सहितको उच्चस्तरीय प्रतिनिधिमण्डलले आज नै भक्तपुरस्थित गोदामघर निर्माणस्थलको अवलोकनसमेत गरेको छ ।
(तस्बीर संलग्न रहेको छ)

5.4kViews

Check out our other content

Check out other tags:

Most Popular Articles