प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न ढिलाइ गरेको निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले ‘सम्मानजनक व्यवस्थापन’ खोजेका छन् ।
संविधानतः दोहोर्याएर अन्य संवैधानिक निकायमा जान नमिल्ने भएकाले यादवले ‘सम्मानजनक व्यवस्थापन’को खोजी गरेको समाचारमा उल्लेख छ ।
‘२०७५ चैत १० गतेसम्म कार्यकाल भएका डा. यादवले निर्वाचन सम्पन्न गराएको भन्दै सम्मानजनक व्यवस्थापन खोज्दा मतपरिणाम सार्वजनिक गर्न ढिलो भएको स्रोतले बताएको छ,’
असहज परिस्थितिबीच पनि तीन तहको चुनाव शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न गराएँ, त्यसको राज्यले उचित सम्मान दिनुपर्छ,’ यादवलाई उद्धृत गर्दै माओवादी अध्यक्ष प्रचण्ड निकट स्रोतले भन्यो, ‘मेरो कहीँ न कहीँ उचित र सम्मानजनक व्यवस्थापन होस् भन्ने चाहान्छु ।, आजको नागरिकमा यो खबर छ ।