18 C
Nepal
Wednesday, October 4, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

नयाँ सरकार फागुन दोस्रो साता: कांग्रेसको अघोषित सर्तपछि एमाले फेरी सशंकित

पत्रपत्रिकाबाटनयाँ सरकार फागुन दोस्रो साता: कांग्रेसको अघोषित सर्तपछि एमाले फेरी सशंकित

प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फको आधिकारिक परिणाम घोषणा भएको एक महिना बित्दा पनि कांग्रेसले सत्ता हस्तान्तरण गर्नुको साटो सर्त थप्दै गएपछि सरकारको नेतृत्व गर्न पर्खिरहेको एमाले आक्रोशित बनेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

कांग्रेस कार्यसम्पादन समितिको शुक्रबार राति बसेको बैठकले सत्ता हस्तान्तरणका लागि राष्ट्रियसभा निर्वाचन सम्पन्न हुनुपर्ने अघोषित सर्त तेस्र्याएपछि एमाले सशंकित बनेको हो। सत्ता हस्तान्तरण गर्न राष्ट्रियसभा अध्यादेश स्वीकृत हुनुपर्ने अडान लिएको कांग्रेसले शुक्रबार राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेलगत्तै सर्त थपेको हो।

एमाले सचिव प्रदीप ज्ञवालीले कांग्रेसको अलोकतान्त्रिक गतिविधिले पराकाष्ठा नाघेको बताए। ‘निर्वाचनको पराजयबाट लजाएको कांग्रेसको अलोकतान्त्रिक गतिविधिले पराकाष्ठा नाघेको छ’, उनले भने, ‘कांग्रेसले यस्ता कदम सच्याउँदै सत्ता हस्तान्तरणको बाटो सहज नबनाए जनताले शान्तिपूर्ण विद्रोह गर्न सक्छन्।’

फागुन दोस्रो साता सत्ता हस्तान्तरण
प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन १० गतेतिर मात्रै सत्ता हस्तान्तरण गर्ने संकेत गरेका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने, ‘निर्वाचन आयोगका प्रमुख आयुक्तलगायत पदाधिकारीले शुक्रबार राष्ट्रपतिबाट अध्यादेश स्वीकृत भएपछि प्रधानमन्त्रीसँगको भेटमा माघ २५ गते राष्ट्रियसभा निर्वाचन गर्ने प्रस्ताव गरेका छन्।’

आयोगको प्रस्तावअनुसार निर्वाचन भए माघ मसान्तसम्म परिणाम आउने उनले बताए। उनले भने, ‘राष्ट्रियसभा निर्वाचन परिणाम आएपछि प्रतिनिधिसभा समानुपातिकको परिणाम आयोगले दिने भएकाले फागुन १०/११ गतेतिर नयाँ सरकार गठन हुनेछ। त्यसअगावै सरकारले चाहेर पनि सत्ता हस्तान्तरण हुन सक्दैन।’

960Views

Check out our other content

Check out other tags:

Most Popular Articles