17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

‘धामीझाँक्रीले बिरामी ठीक पार्दैनन्’ भन्दै सरकारलाई सर्वोच्चले जारी ग¥यो यस्तो आदेश

भ्रष्टाचार‘धामीझाँक्रीले बिरामी ठीक पार्दैनन्’ भन्दै सरकारलाई सर्वोच्चले जारी ग¥यो यस्तो आदेश

काठमाडौं २७ मंसिर

सर्वोच्च अदालतले धामी/झाँक्रीद्वारा बोक्साबोक्सी ठीक नपार्ने ठहर गर्दै यसविरुद्ध कदम उठाउन सरकारलाई आदेश दिएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

धामीझाँक्रीले अन्धविश्वास फैलाएर त्यसैको आडमा समाजमा शोषण गरिरहेकाले उनीहरूलाई नियन्त्रणको उपाय खोज्नसमेत सरकारको ध्यानाकर्षण गरिएको छ।

बोक्सी आरोपमा क्रूर ढंगले हत्या गरिएकी चितवन बघौडाकी ठेगनीदेवी महतोको कर्तव्य ज्यान मुद्दामा सर्वोच्च उक्त निष्कर्षमा पुगेको हो। धामी÷झाँक्रीको अन्धविश्वासमा छिमेकीले महतोलाई मट्टितेल छर्केर आगो लगाई हत्या गरेका थिए।

२०६८ फागुन ५ गते दर्जनौं प्रत्यक्षदर्शीका सामु महतोको जघन्य हत्या भएको थियो। सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसे र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासको पूर्ण फैसला सर्वोच्चले मंगलबार सार्वजनिक गरेको छ।

‘बोक्साबोक्सी, भूतप्रेत हुँदैनन्। धामीझाँक्रीको बलले कुनै रोग वा क्षतिलाई ठीक पार्न सकिँदैन। ठीक पार्न सकिन्छ भन्नु अन्धविश्वासबाहेक केही होइन’, सर्वोच्चको ठहर छ, ‘यो सन्देश सोझो रूपमा जनतासमक्ष पुर्‍याइनुपर्छ।’

news24nepal

1.2kViews

Check out our other content

Check out other tags:

Most Popular Articles