20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

दशैंका यात्रुलाई मुग्लिन सडकमा सहज

समाचारराष्ट्रियदशैंका यात्रुलाई मुग्लिन सडकमा सहज

रत्ननगर, चितवन, ११ असोज

प्रहरीको ¥यापिड रेस्पोन्स टिम (आरआरटी) परिचालन भएपछि दशैँका यात्रुलाई नारायणगढ मुग्लिक सडक यात्रामा सहज भएको छ ।
चाडपर्व केन्द्रित गरेर प्रहरीले चार स्थानबाट विशेष टिम परिचालन गरिएकाले कुनै समस्या परेको खण्डमा तत्कालै समाधान गर्ने हुँदा यातायात सहज भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले मुग्लिनबाट प्रवेश गरेका गाडी २ घण्टामै नारायणगढ आइपुग्ने गरेको छ । चितवनको जुगेडीबाट ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र जनपद प्रहरी सम्मिलित दुई टोली परिचालन गरिएको छ ।
यस्तै सिमलतालबाट एउटा टोली र मुग्लिनबाट अर्काे टोली परिचालन हुने गरिएको छ । आरआरटीलाई छठपर्वसम्म निरन्तर परिचालन गर्ने पन्तले बताउनुभयो ।
चाडपर्वमा असहज नहोस् भनेर खाल्डाखुल्डी पुर्ने र नियमित पानी हालेर सवारी आवागमन सहज पारिने नारायणगढ मुग्लिक सडक आयोजनाले जनाए पनि उक्त काम भने प्रभावकारी हुन सकेको छैन । नारायणगढ मुग्लिक सडक आयोजनाका इञ्जिनियर शिवप्रसाद खनालले ठेकेदार कम्पनीबाट दशैँका बेलामा पनि १४ जनाको टोली सडकमै रहने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
भैपरिआउने समस्या प्रहरीसँग मिलेर उनीहरुले समाधान गर्नेछन् । यात्रुलाई अप्ठेरो नहोस् भनेर प्रहरीको चारवटा आरआरटीलाई सडक आयोजनामार्फत चारवटा गाडी उपलब्ध गराएको समेत खनालले जानकारी दिनुभयो । विगत १० दिनदेखि यहाँको यातायात आवागमनमा कुनै अवरोध नआएको समेत उहाँको भनाइ छ ।
गत दुई वर्षदेखि नारायणगढ मुग्लिक सडक चौडा पार्ने काम शुरु भएको छ । ६ वटा कम्पनीले तीनवटा ब्लक छुट्याएर निर्माणको काम सञ्चालन गर्दै आएका छन् । म्याद सकिएर दुई पटक समय थपिँदासमेत सडक निर्माणको काम अहिले ५५ प्रतिशत मात्रै सम्पन्न भएको छ । बर्सात्को समयमा मुग्लिक सडकमा पहिरोले यात्रुलाई प्रभावित बनाएको थियो ।   (रासस)

870Views

Check out our other content

Check out other tags:

Most Popular Articles