20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

तातोपानी ब्युँताउने कसरत: चीनबाट यस्तो एग्रिमेन्टको प्रस्ताव

पत्रपत्रिकाबाटतातोपानी ब्युँताउने कसरत: चीनबाट यस्तो एग्रिमेन्टको प्रस्ताव

चीनले तातोपानी नाका पन्छाउँदै केरुङ-रसुवागढीलाई अन्तर्राष्ट्रिय मान्यता दिए पनि नेपाली पक्षले आफ्नो ध्यान पुरानै नाकातिर केन्द्रित गरेको छ ।सिन्धुपाल्चोकको उत्तरी सीमा तातोपानीमा स्थापित चीन जोड्ने यो साढे पाँच दशक पुरानो नाका ०७२ को महाभूकम्पयता ठप्प थियो ।

यसअघि चीनले रसुवागढी-केरुङ नाकालाई प्राथमिकता दिँदै तातोपानी नाका स्थायी रूपमा बन्द गर्ने प्रस्ताव नेपाल सरकारसमक्ष राखेको थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

चीनको सीमा सुरक्षा हेर्ने वरिष्ठ अधिकारी वाङ जिङले नेपाली पक्षसँग नाका खुलाउनुअघि ‘ज्वाइन्ट कमान्ड मेकानिज्म एग्रिमेन्ट’ गर्नुपर्ने प्रस्ताव गरे । वाङले प्रस्ताव गरेको उक्त एग्रिमेन्टमा हस्ताक्षर गर्न नेपाली पक्ष तयार भए सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मी तैनाथ रहनेगरी संयुक्त सीमा सुरक्षाफौज गठन हुनेछ ।

गृह मन्त्रालय स्रोतका अनुसार उक्त सहमतिको मस्यौदा सिन्धुपाल्चोकका प्रजिअ आशमान तामाङमार्फत सरकारलाई प्राप्त भइसकेको छ । एग्रिमेन्टमा दुवैतर्फका सुरक्षाफौजका लागि औपचारिक कार्यालय राख्ने, सीमा क्षेत्रमा निगरानी बढाउने, सीमा क्षेत्रमा भएका गतिविधिबारे एकअर्कालाई उच्च अधिकारीमार्फत जानकारी दिलाउने आदि उल्लेख छन् ।

‘यो मेकानिज्मका लागि चिनियाँ पक्षबाट लिखित प्रस्ताव आउनु नै तातोपानी नाका खुलाउने संकेत हो, जो यसअघि भएको थिएन,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘सरकारले छिट्टै निर्णय गर्ने गरी गृहकार्य भइरहेको छ ।’

675Views

Check out our other content

Check out other tags:

Most Popular Articles