21.5 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

डा. केसी समर्थकको घोषणाः अबको नैतिक लडाइँ केपी ओलीविरुद्ध हुन्छ

क्राइमडा. केसी समर्थकको घोषणाः अबको नैतिक लडाइँ केपी ओलीविरुद्ध हुन्छ

 

काठमाडौं २७ पुस। आमरण अनसनरत डा. गोविन्द केसी समर्थनको आक्रोस एमाले अध्यक्ष केपी ओलीतिर सोझिएको छ । ओलीले डा. केसी र उनको आन्दोलनलाई खिसिटिउरी मात्र गरेको भन्दै अभियान्ताहरुले आक्रोश पोखेका छन्

काठमाडौं २७ पुस । आमरण अनसनरत डा. गोविन्द केसी समर्थनको आक्रोस एमाले अध्यक्ष केपी ओलीतिर सोझिएको छ । ओलीले डा. केसी र उनको आन्दोलनलाई खिसिटिउरी मात्र गरेको भन्दै अभियान्ताहरुले आक्रोश पोखेका छन् ।

 

डा. केसीको समर्थनमा बिहीबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा मात्र मागेनन्, ओलीको आलोचना पनि गरे ।

अधिवक्ता ओमप्रकाश अर्यालले अबको नैतिक लडाई केपी ओलीविरुद्ध हुने बताएका छन् ।

डा. केसीबारे एमाले अध्यक्ष ओलीका पछिल्ला अभिव्यक्तिहरुलाई आफूहरुले नजिकबाट हेरिरहेको भन्दै उनले भने, ‘डा. केसीको सत्याग्रहले ल्याएका उपलब्धीलाई खिसिटिउरी गर्ने ? जोक बनाएर उडाउने ? अब नैतिकको लडाइँ ओलीविरुद्ध हुन्छ ।’

२०२८ सालको झापा काण्डमा ओलीको संलग्नता रहेको भन्दै उनले भने, ‘यसरी हत्या गर्नु भनेको नैतिक पतन हुने अपराध गर्नु हो, यो अदालतले पनि ठहर गरेको छ । उनी पार्टी अध्यक्ष मात्र होइन, प्रधानमन्त्री हुन पनि अयोग्य मान्छे हो ।’

उनले ओली कम्युािनष्ट पार्टीको नेता हो कि माफियाहरुको संरक्षक भन्ने प्रश्न पनि गरेका छन् । ‘डा. केसी अब एक्लो छैनन्, यो अभियान हो’ अधिवक्ता अर्यालले अघि भने, ‘ओलीविरुद्धको नैतिक लडाइँ अबको हाम्रो मिसन हो ।’

एमाले अध्यक्ष ओलीले बुधबार बैंकक जाने क्रममा डा. केसीप्रति ब्यंग्य गर्दै निर्वाचन आयोगलाई कानुनी विषयमा कुनै अप्ठ्यारो भए डा. केसीलाई सोध्नु भनेका थिए ।

प्रदर्शनलाई सम्बोधन गर्दै डा. केसीका सहयोगी डा. अभिषेक राज सिंहले ओलीलाई माफियाको घेरा बाहिर आएर बहस गर्न चुनौती दिए । उनले अघि भने, ‘ओली कमरेड, तपाईले अति गर्नुभयो । अब तपाईका दिनगन्ती सुरु भयो ।’अनलाइनखबर

6.7kViews

Check out our other content

Check out other tags:

Most Popular Articles