20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

झोलामा लुकाई ल्याएको ६ किलो ५ सय ग्राम लागूऔषध गाँजा सहित पक्राउ

आर्थिकझोलामा लुकाई ल्याएको ६ किलो ५ सय ग्राम लागूऔषध गाँजा सहित पक्राउ

काठमाडौं, ११ पुस । मकवानपुर : हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चेकपोष्टमा सवारी साधन जाँच गर्ने क्रममा चितवनबाट उदयपुरतर्फ जाँदै गरेको ना.६ ख २३०४ नम्बरको बसमा सवार मनहरी गाउँपालिका–६ बस्ने १९ वर्षीय सुमन जिम्बा र १६ वर्षीय कविराज थिङलाई झोलामा लुकाई ल्याएको ६ किलो ५ सय ग्राम लागूऔषध गाँजा सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

रौतहट : गौर नगरपालिका–१ स्थित भन्सार सुरक्षा गार्ड कार्यालय अगाडि जाँच गर्ने क्रममा महोत्तरीको मनरा बस्ने नितेश सिंहले चलाई ल्याएको ‘अनटेष्ट’ लेखेको मोटरसाइकलबाट नुफिन ४१ एम्पुल, फेनारगन ४९ एम्पुल, डाइजेपाम ५२ एम्पुल र नाइट्रोभेट ट्यावलेट ७२ थान बरामद गरी मोटरसाइकल सहित सिंहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।


बाग्लुङ : निसिखोला गाउँपालिका–४ झिवाखोला बजारमा सवारी साधन जाँच गर्ने क्रममा सोही गाउँपालिका–६ भल्कोटबाट बुर्तिबाङतर्फ जाँदै गरेको ना.४ ख ९२०९ नम्बरको बसमा सवार सोही गाउँपालिका–५ निसी बस्ने ३० वर्षीय खिमबहादुर घर्तीमगरलाई झोलामा राखी ल्याएको ५ केजी लागूऔषध चरेस सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

930Views

Check out our other content

Check out other tags:

Most Popular Articles