20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

जाँदाजाँदै मन्त्रीले गर्न थाले आफूखुसी निर्णय

पत्रपत्रिकाबाटजाँदाजाँदै मन्त्रीले गर्न थाले आफूखुसी निर्णय

निर्वाचन सम्पन्न भएर नयाँ सरकार बन्ने तयारी भइरहँदा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरूले आफूअनुकूलका निर्णय गर्न थालेका छन्। जाँदाजाँदै मन्त्रीहरूले निजामती सेवा ऐन र नियम मिचेर विभिन्न निकायमा कर्मचारी सरुवालाई तीव्रता दिन थालेका छन्। आजको अन्नपूर्ण पोस्टमा सागर पण्डितले लेखेका छन् ।

भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले सरकारी जग्गा व्यक्तिको नाममा गराउन अस्वीकार गरेको भन्दै सोमबार मात्रै भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक टीकाराम घिमिरेलाई हटाएर आफूनिकट मुक्ति आचार्यलाई विभागको महानिर्देशक बनाएका छन्।

मन्त्री दहितले सार्वजनिक बिदाका दिन सामान्य प्रशासन मन्त्रालयबाट महानिर्देशक घिमिरेको सरुवा सहमति ल्याएका थिए। भूमिसुधारमन्त्री दहितमाथि अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले उनीमाथि छानबिन गरिरहेको छ।

मन्त्री दहितले सरकारको नाममा आउनुपर्ने कतिपय सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने प्रक्रिया थाल्न विभागका महानिर्देशक घिमिरेलाई दबाब दिँदै आएका थिए। तर, उनले सरकारी जग्गा व्यक्तिको नाममा ल्याउनु सरासर राष्ट्रमाथिको बेइमानी हुने भन्दै मन्त्रीको दबाब अस्वीकार गर्दै आएका थिए। ‘मन्त्रीको गलत दबाब अस्वीकार गरेकाले उहाँको जबर्जस्ती सरुवा गरिएको हो’, विभागका एक अधिकृतले अन्नपूर्णसँग भने।

675Views

Check out our other content

Check out other tags:

Most Popular Articles