21.5 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

जन्ती बोकेको जिप ठोक्किँदा ११ जना घाइते

जीवनशैली/स्वास्थ्यजन्ती बोकेको जिप ठोक्किँदा ११ जना घाइते

बैतडी, १० माघ  । बैतडीको सतबाँझ–पाटन सडकखण्ड अन्तर्गत सिउडेमा आज मध्यान्ह जन्ती बोकेको दुई जिप एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् ।

घाइतेमध्ये पाटन नगरपालिका– ५ का १७ वर्षीय विक्रम बोहरा ,२७ वर्षीय दानसिंह विष्ट र सुर्नया– २ का २० वर्षीय महेश विष्टको जिल्ला अस्पताल बैतडीमा र बाँकीको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

सिउडेबाट जन्ती बोकेर दोगडाकेदारतिर गइरहेको ग १ ज ५१९२ नंको जिप र विपरित दिशाबाट आइरहेको से १ ज २१७ नं जिप सिउडे बजार नजिकै आज १२.१५ बजे ठोक्किँएको जनाएको छ । दुबै जिपका चालक प्रहरी नियन्त्रणमा छन् ।

1.1kViews

Check out our other content

Check out other tags:

Most Popular Articles