20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

चुनावको नतिजा आइरहँदा सेयर बजार घट्यो

आर्थिकचुनावको नतिजा आइरहँदा सेयर बजार घट्यो

काठमाडौँ, २५ मंसिर

प्रदेश तथा प्रतिनिधी सभाको चुनावको नतिजा आउँदै गर्दा सेयर बजार ओरालो लागेको छ। ६ अंकले घटेर नेप्से १५३० अंकमा कायम भएको छ। कारोबार खुलेको १७ मिनेटमै बजार बढेर १५५७ अंकमा पुगे पनि त्यसपछि घटेको हो।

सामान्य अंकमा बजार घटे पनि कारोबार भने उत्साहजनक देखिएको छ। ८४ करोड ७० लाखको सेयर कारोबार भएको छ।

केहीले बाम पार्टीको जीतसँग यसलाई जोडेर हेर्ने गरेका छन्। यस दिन उत्पादन र अन्यबाहेकका सबै उपसूचक घटेका छन्। उत्पादन ४०, अन्य २ अंकले बढे ।

बैंकिङ ३, होटल १४, विकास बैंक ५, जलविद्युत १३, फाइनान्स ८, बिमा ७२ तथा माइक्रोफाइनान्स सूचक २० अंकले घटे।

कारोबारका आधारमा स्टान्डर्ड चार्टड बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको संचालक समिति बैठकले १०५ प्रतिशत लाभांश दिने निर्णय गरेपछि कम्पनीको कारोबारका साथै सेयर मूल्य पनि बढेको हो।

उसको २६ करोड ९७ लाखको सेयर कारोबार भयो। कम्पनीको मूल्य प्रतिकित्ता ७७ रुपैयाँले बढेर २१९७ कायम भएको छ।

त्यस्तै बुटवल पावरको ५ करोड ३६ लाखको कारोबार भयो। नेपाल टेलिकम र नेपाल बैंक पनि कारोबारका आधारमा अगाडि रहे। बोटलर्स नेपाल तराईका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत नाफा कमाए।

कम्पनीको मूल्य प्रतिकित्ता ५९० रुपैयाँले बढेर ६ हजार ४९० कायम भएको छ। अन्य कमाउनेहरुको मूल्य ४ प्रतिशतभन्दा तल रह्यो। सेन्ट्रल फाइनान्स, लक्ष्मी लघुवित्त तथा गण्डकी विकास बैंकका लगानीकर्ताले ४ प्रतिशत बढी गुमाए।

5.3kViews

Check out our other content

Check out other tags:

Most Popular Articles