17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

चित्र कलाकार राईको निधन

समाचारराष्ट्रियचित्र कलाकार राईको निधन

काठमाडौँ, ५ असोज  

चित्र कलाकार शान्तकुमार राईको पेटको अर्बुद रोगबाट नेपाल क्यान्सर अस्पताल, हरिसिद्धि, ललितपुरमा ५६ वर्षको उमेरमा निधन भएको छ ।
उहाँको बुधबार राति ९ः३० बजे निधन भएको हो । उहाँ डेढ महिनादेखि सो रोगबाट पीडित हुनुहुन्थ्यो ।
उहाँको शव आजै विहान उहाँको निवास भैँसेपाटी लगी आजै पशुपतिमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतबाट थाहा भएको छ ।
उहाँले नेपाल ललितकला मञ्चका संस्थापक अध्यक्ष, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य र नेपाल कलाकार समाजका महासचिव, किराँत कलाकार समाजका अध्यक्ष भएर काम गरिसक्नुभएको छ । उहाँ हाल आधुनिक कलाकार समाजको महासचिव हुनुहुन्थ्यो ।
उहाँले विसं २०७२ को भूकम्पबाट पीडित भएका कलाकारहरुका लागि ‘ललितकला हातेमालो अभियान’ सञ्चालन गरेर सेवा पु¥याउनुभएको थियो ।
उहाँ दृश्य कला र नारीका संवेदनालाई चित्रमा उतार्न निकै सिद्धहस्त हुनुहुन्थ्यो ।
इलाममा जन्मनुभएका राईका श्रीमती र एक छोरा हुनुहुन्छ । आधुनिक कलाकारका पिता मानिने लैनसिंह वाङ्देलका शिष्य रहनुभएका राईले नेपाल, भारत, दक्षीण कोरिया, बेलायतलगायत देशमा थुप्रै पटक चित्र प्रदर्शनी पनि गर्नुभएको थियो ।

960Views

Check out our other content

Check out other tags:

Most Popular Articles