17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

चित्रबहादुर केसीको एमाले र माओवादी बारे यस्तो प्रतिक्रिया

भ्रष्टाचारचित्रबहादुर केसीको एमाले र माओवादी बारे यस्तो प्रतिक्रिया

‘भावनामा उद्वेलित हुँदा गलत परिणाम आउन सक्छ’

काठमाडौं २७ मंसिर

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वाम गठबन्धनलाई पार्टी एकतासम्म लैजाने कुरामा भावनात्मकरुपमा उद्वेलित हुँदा गलत परिणाम आउन सक्ने बताएका छन् ।

एमाले र माओवादीसँग चुनावी तालमेल गरेर प्युठान र बाग्लुङमा चुनावी सफलता प्राप्त गरेपछि अध्यक्ष केसीले प्रेस वक्तव्य जारी गर्दै एमाले र माओवादीसँग आफूहरुको कैयौं कुरामा मतभेद रहेको बताएका छन् ।

राजमो अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री केसीले कम्युनिष्टहरुवीच एकता होस् भन्ने जनताको चाहनाप्रति आफूहरु सकारात्मक रहेको बताएका छन् ।

तर, एकताका लागि सिद्धान्त, राजनीति र संगठनमा ध्यान दिनुपर्ने बताउँदै केसीले वक्तव्यमा भनेका छन्- ‘ कम्युनिस्टप्रति सहानुभूति राख्ने जनसमुदायले हामीहरु सहितको संगठनात्मक एकताको अपेक्षा गरेका छन् । हामी त्यो अपेक्षाप्रति सकारात्मक छौं ।’

केसीले अगाडि भनेका छन्- ‘तर, त्यसका लागि हामीले सिद्धान्त, राजनीति र संगठनको विषयमा सही समझदारीमा पुग्नुपर्दछ, अन्यथा भावनात्मकरुपले उद्धेलित हुँदा त्यसको राष्ट्रिय राजनीतिमा नै गलत परिणाम आउन सक्छ । त्यसकारण यी सबै कुरामा विचार गरेर अहिले र आगामी राजनीतिका लागि पनि वाम गठबन्धनको विस्तार र मजबुत धरातल निर्माणका लागि हामीले जोड दिन्छौं ।’
वाम गठबन्धन गरेर निर्वाचन जिते पनि राष्ट्रिय जनमोर्चासँग एमाले र माओवादीको मतभेद रहेको केसीले बताएका छन् । उनको वक्तव्यमा भनिएको छ-‘सैद्धान्तिकरुपले वामपन्थी भए पनि एमाले, माओवादी र हाम्रा वीचमा कैयन राजनीतिक नीतिहरुमा मतभेद छ ।’

राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभामा एक सिट र प्रदेशसभामा दुई सिट जितेको छ । गिलास चिन्हबाट प्युठानमा जनमोर्चा उपाध्यक्ष दूर्गा पौडेलले प्रतिनिधिसभामा जितेकी छिन् भने बाग्लुङका दुईवटा प्रदेशसभामा कृष्ण थापा र टेकबहादुर घर्तीले जितेका छन् ।

केसीको पार्टी राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एकसिट जिते पनि समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउने सम्भावना भने न्यून देखिएको छ । यो समाचार तयार पार्दासम्म जनमोर्चाले समानुपातिकतर्फ ३० हजार १४६ मत मात्रै पाएको छ ।

690Views

Check out our other content

Check out other tags:

Most Popular Articles