20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

चितुवाको छाला सहित ४ जना तस्करि पक्राउ

अपराधचितुवाको छाला सहित ४ जना तस्करि पक्राउ

काठमाडौं, २३ असोज
काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट संरक्षित वन्यजन्तु चितुवाको पूर्ण कदको छाला ४ थान सहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कपिलवस्तु नगरपालिका-८ का २८ वर्षीय सुराजन थापा, गोरखा घर भएका २३ वर्षीय सलिम मिया, स्याङ्जा रत्नपुर बस्ने २३ वर्षीय सोमराज श्रेष्ठ र अर्घाखाची सन्धिखर्क नगरपालिका-७ का २८ वर्षीय मानबहादुर नेपाली रहेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङगामा जाँच गर्ने क्रममा विक्री वितरण गर्ने उद्देश्यले झोलामा लुकाई छिपाई राखेको अवस्थामा उनीहरुलाई उक्त चितुवाको छाला सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि प्रहरीले जिल्ला वन कार्यालय हात्तिसार पठाएको छ ।

 

2.9kViews

Check out our other content

Check out other tags:

Most Popular Articles