0
Share
गोरखा–गोरखा क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको छ । प्रारम्भिक मतगणनाअनुसार बाबुराम भट्टराईले अग्रता लिएका छन् ।
एक मतगणना प्रतिनिधिका अनुसार हालसम्म ५६ मत गन्दा बाबुराम भट्टराईले ४० मत ल्याएका छन् भने नारायणकाजी श्रेष्ठ प्रकाशले १६ मत ल्याएका छन् । गोरखा–२ को नतिजालाई निकै चासोपूर्वक हेरिएको छ ।
यसैबीच जाजरकोटमा कांग्रेसले अग्रता लिएको छ । ६१३ मत गन्दा नेपाली कांग्रेसले ४३४ मत ल्याएको छ ।
660Views