18 C
Nepal
Wednesday, October 4, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

ओली–दाहाल भेट: यस्तो छ एकता अघि बढाइने कार्यदल

पत्रपत्रिकाबाटओली–दाहाल भेट: यस्तो छ एकता अघि बढाइने कार्यदल

–सोमबार दुई दलका आन्तरिक छलफल
–मंगलबार एकता संयोजन समितिको बैठक बस्ने

एमाले र माओवादी केन्द्रले पार्टी एकता, संगठनात्मक स्वरुप र बैचारिक राजनीतिक बिषय मिलाउन दुई दलका नेता सम्मिलित सानो कार्यदल बनाउने भएका छन् ।

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको छलफलमा एउटा सानो समूहलाई जिम्मेवारी दिने समझदारी भएको हो । मुल नेतृत्वको बिषयमा दुईपक्षबीच नै कुरा मिलाउनुपर्नेछ ।

त्यस बाहेकका अन्य बिषयमा भने यो कार्यदलले गृहकार्य गर्नेछ । सांगठनिक संरचना र बैचारिक राजनीतिक बिषयमा समझदारी बनाउन छुट्टाछुट्टै कार्यदल बनाउनुपर्ने सुझाव नेताहरुले दिएका थिए । एउटै कार्यदल बनाउने कि दुईटा भन्ने निर्णय हुन बाँकी छ ।,यो खबर आजको कान्तिपुरमा छ ।

750Views

Check out our other content

Check out other tags:

Most Popular Articles