18 C
Nepal
Wednesday, October 4, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

एक अर्ब बढीको शेयर कारोबार

आर्थिकएक अर्ब बढीको शेयर कारोबार

काठमाडौँ  २४ मंसिर

धितोपत्र बजारमा यस साता रु एक अर्ब ७६ करोड ५९ लाख ८५ हजारबराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्चेन्जका अनुसार ३९ लाख ४३ हजार ८१० कित्ता शेयर कारोबार भएर नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०।०१ अंकले बढेर एक हजार ५१० अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सम्बेदनशील परिसूचक पहिलो दिनको तुलनामा ०।६७ अंकले बढेर ३१७।६३ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु १३ करोड ५६ लाख ३० हजार बराबरको शेयर कारोबार भएको छ ।

यस्तै कारोबार भएको शेयर संख्याका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको एक लाख ६२ हजार कित्ता शेयर कारोबार भयो ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्र तर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

यस साता लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, एनबी इन्स्योरेन्स कम्पनी र पूर्णिमा विकास बैंकको हकप्रद शेयर सूचीकृत भएको छ ।

6.0kViews

Check out our other content

Check out other tags:

Most Popular Articles