17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

एक्कासी चिसो बढ्नुको यस्तो रहेछ कारण

पत्रपत्रिकाबाटएक्कासी चिसो बढ्नुको यस्तो रहेछ कारण

साँझ परेपछि वायुमण्डललाई छेक्ने कुनै पनि किसिमको बादल विकास नभएर आकाश छ्यांग खुल्दा काठमाडौंसहित मुलुकभर एक्कासि चिसो बढेको छ ।

आकाश खुला भएर शीत र तुसारोको मात्रा बढेपछि चिसो ह्वात्तै बढेको हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

बिहान-दिउँसो घाम लागेर जमिन ताते पनि साँझ परेपछि आकाशतर्फ फर्कने ‘लङ वेव रेडिएसन’ वायुमण्डलतर्फ जाने भएकाले एक्कासि चिसो महसुस गरिएको मौसमविद मीनकुमार अर्यालले जानकारी दिए ।

‘आकाश खुला नभएको अवस्थामा पृथ्वीमा रहेको तापक्रम कमै मात्र वायुमण्डलमा फर्किन्छ ।’ उनले भने, ‘तर हिजो आज आकाश प्रष्ट रुपमा खुला भएकाले साँझ परेपछि जमिनको तापक्रम सीधै वायुमण्डलमा फर्किने गरेको छ ।’

795Views

Check out our other content

Check out other tags:

Most Popular Articles