0
Share
काठमाडौँ २० मंसिर
२०७४दोश्रो चरणको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन हुने जिल्लाहरूमा आज मध्य-रातिबाट सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । गृह मन्त्रालयका अनुसार भोली बिहान ७ बजे मतदान सुरु हुने भएपनि आज मध्य-रातिदेखि स्थानीय प्रशासनले सवारी साधन सञ्चालनमा रोक लगाउनेछन् ।
आज मध्य -रातीदेखि निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाउने भएपनि आयोगबाट पास लिएका र अत्यावश्यक सेवाका साधन भने चल्न दिइने मन्त्रालयले बताएको छ । भोली साँझ मतदानपछि पनि मतपेटिका सुरक्षित रूपमा केन्द्रमा पुर्याउने सहितका काम बाँकी रहने हुँदा भोली साँझ ७ बजेसम्म सवारी साधन सञ्चालन गर्न नपाइने गृह मन्त्रालयले जनाएको छ ।
1.0kViews