20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

अब अनलाइन बाटै मुद्दा दर्ता गर्ने मिल्ने

भ्रष्टाचारअब अनलाइन बाटै मुद्दा दर्ता गर्ने मिल्ने

काठमाडौँ, ७ पुस।   प्रधानन्यायाधीश गोपाल पराजुलीले विधिको शासनको अवलम्बन गर्ने कानून व्यवसायीलाई संविधान र कानूनको पालना गर्न आग्रह गर्नुभएको छ ।

नेपाल बार एसोसिएसनको ६१आँै दिवसका अवसरमा यहाँ आज आयोजना गरिएको कार्यक्रममा उहाँले स्वतन्त्र न्यायपालिका, संविधान र कानूनको व्याख्या गर्ने कानून व्यवसायीले इमान्दारीपूर्वक कानूनको पालना गर्न आग्रह गर्नुभएको हो ।

प्रधानन्यायाधीश पराजुलीेले न्यायालयको एक्लो प्रयासले मात्र नागरिकमा न्यायको पहुँच नपुग्ने भएकाले बेञ्च र बारबीच राम्रो सम्बन्ध स्थापना हुनु जरुरी भएको उल्लेख गर्नुभयो । उहाँले न्याय महँगोे भयो भन्ने गुनासो आइरहेको भन्दै एक महिनाभित्र मुद्दा अनलाइनमार्फत दर्ता गर्ने व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले कानून व्यवसायी दृष्टि र सृष्टि दुवै भएको भन्दै संविधानले दिएको जिम्मेवार र इमान्दार भई पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले लोकतन्त्रमा निष्पक्ष र प्रभावकारी न्याय दिलाउनका लागि न्यायपालिकाको ठूलो भूमिका रहेको चर्चा गर्नुभयो ।

उहाँले संविधान र कानूनको कार्यान्वयनमा राजनीतिकभन्दा माथि उठेर बहस गर्नुपर्नेमा जोड दिँदै कानून व्यवसायीको क्षमता विकासका लागि सरकारले सदा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले कानून व्यवसायीले इमान्दारीपूर्वक नागरिकलाई न्याय दिलाउन लागिरहेको बताउनुभयो ।

सो अवसरमा पूर्वकानूनमन्त्री अग्नि खरेल, अजय शंकर नायक तथा वरिष्ठ अधिवक्ताको उपस्थिति रहेको थियो ।

 

२०७४ पुस ७ गते प्रकाशित

780Views

Check out our other content

Check out other tags:

Most Popular Articles