Tuesday, July 14, 2020

नेकपा मालेका महासचिव मैनाली चढेको गाडी दुर्घटना

१५ फागुन । नेकपा मालेका महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनाली सवार गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ । दुर्घटनामा परी महासचिव मैनाली गम्भीर घाइते हुनुभएको छ ।

झापाबाट महासचिव मैनाली, उनका छोरा, बुहारी, नाति र चालकसहित काठमाडौंतफैै आउँदै गरेको बा ७ च २१२० नम्बरको कार बर्दिबासस्थित वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६८० नम्बरको भ्यानसँग ठोक्किएको हो ।

दुर्घटनामा परी मैनालीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पूजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन् । नेकपा मालेका महासचिव मैनाली र बुहारी पुजा गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी राजन चापागाईले जानकारी दिनुभयो ।

महासचिव मैनालीको टाउको र खुट्टामा चोट लागेको छ । घाइतेहरुको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार भइरहेको छ भने हाल उनलाई हेलिकप्टरमा काठमाण्डौँ ल्याउने तयारी भइरहेको छ।

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •