Saturday, October 31, 2020

विद्युत चुहावट नियन्त्रण पछी विद्युत प्राधीकरण १ अर्ब एक कारोड भन्दा बढि मुनाफामा

काठमाण्डौं, १ भदौ । नेपाल विद्युत प्राधीकरणले स्थापनाको ३३ औँ बर्ष पुरा गरेको छ । सोहि अवसरमा प्राधिकरणले एक कार्यक्रम बिच आफ्नो बार्षिक प्रतिवदन प्रस्तुत गरेको हो । गत आर्थिक बर्षमा औद्यागीक ग्राहकहरुमा समेत लोडसेडिङ अन्त्य गर्दै प्राधिकरण मुनाफा कमाउन सफल भएको छ । आर्थिक बर्ष २०७४÷७५ मा यस संस्थाले १ अर्ब एक कारोड भन्दा बढि खुद मुनाफा आर्जन गरेको छ । सो मुनाफा आर्जन गर्न नियमित विद्युत आपुर्ति र चुहावट नियन्त्रण अभियानको मुख्य भुमिका रहेको प्रधिकरणले जनाएको छ ।

विद्युत विक्रि तथा अन्य स्रोत बाट आर्थिक बर्ष २०७३÷७४मा ५१ अर्ब ७० करोड रुपैया कुल आय आर्जन भएकोमा आार्थिक बर्ष २०७४÷७५ मा उक्त रकममा वृद्धि भइ ६० अर्ब ४८ करोड पुगेको छ । अघिल्लो बर्षको तुलनामा प्रधिकरणको समग्र आयमा करिब १६.९८ ले वृद्धि भएको हो । प्राधिकरणको विद्युत खरीद समेतको कुल संचालन खर्च आर्थिक बर्ष २०७३÷७४ मा४५ अर्ब ५७ करोड रुपैयाँमा आार्थिक बर्ष २०७४÷७५ मा करिव १७ प्रतिशतले वृद्धि भइ ५२ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । आर्थिक बर्ष २०७३÷७४ मा दिर्घकालीन ऋणको व्याज ३ अर्व ४५ करोड को तुलनामा आार्थिक बर्ष २०७४÷७५ मा ४ अर्ब ८ करोड पुगेको छ ।

 

प्राधिकरणले अघिल्लो आार्थिक बर्ष २०७३÷७४ मा कुल ग्राहक संख्या ३२ लाख ६० हजार रहेको मा आार्थिक बर्ष २०७४÷७५ मा सामुदायिक तथा थोक ग्राहक समेत गरी कुल ३५ लाख ५० हजार पु्याएको छ । जसमध्ये गार्हस्थ बर्गमा ३३ लाख ३० हजार छन् यो कुल ग्राहस्त संख्याको ९३.८३ प्रतिशत हो । यस्तै कुल विद्युत विक्रि आयमा गार्हस्थ र औद्योगीक ग्राहकको योगदान ४५.१३ र ३६.१५ प्रतिशत रहेको छ भने अन्य वर्गका ग्राहको योगदान १८.७२ प्रतिशत छ ।

 

प्राधिकरण प्रणालीमा आर्थिक बर्ष २०७३÷७४ मा प्राप्त ६ हजार २ सय ५७.७३ गिरावट आवर उर्जाको तुलनामा आार्थिक बर्ष २०७४÷७५ मा १२.७९ प्रतिशतले वृद्धि भइ ७ हजार ९७.९३ गिरावट आवर उर्जा प्राप्त भएको छ । आार्थिक बर्ष २०७४÷७५ मा राष्ट्रिय ग्रिड प्रणालीमा प्राप्त कुल उर्जा मध्ये प्राधिकरणको उत्पादन ३२.७१ प्रतिशत, भारत बाट ३६.५८प्रतिशत र निजी क्षेत्रबाट ३०.७१ प्रतिशत रहेको छ । मुलुकभर संचालन गरिएको विद्युत चुहावट नियन्त्रण अभियानका कारण गत बर्षको चुहावट २२.९० प्रतिशत बाट आार्थिक बर्ष २०७४÷७५ मा २०.४५ प्रतिशत कायम गर्न सम्भव भएको प्राधिकरणले जानकारी दियो ।

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares