विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

नाशा इन्टरनेशनल स्पेश एप्स च्यालेञ्ज २०१९ नेपालमा सम्पन्न

४ समूह छनोट

  • 126
  •  
  •  
  •  
  •  
  •  
  •  
    126
    Shares

कात्तिक ३ ।  कात्तिक १ गतेदेखी ३ गते ( तदनुसार अक्टोबर १८ देखी २० तारिख ) सम्म विश्वव्यापी रुपमा आयोजित इन्टरनेशनल स्पेश एप्स च्यालेञ्ज २०१९ नेपालमा पनि भव्यताको साथ सम्पन्न भएको छ । नेपालमा यस स्पेश एप्स च्यालेञ्ज ह्याकाथन सन् २०१४ देखी २०१७ सम्म लगातार भइरहेको थियो । सन् २०१९ को सम्मेलनको नेपालको मुख्य आयोजक माधव स्पेश एजेन्सी(MSA) र नेपाल एस्ट्रोनोमिकल सोशाइटी (NASO) रहेको थियो । 

“नेपालमा यो सम्मेलन गर्नुको उद्धेश्य राष्ट्रिय विकास र समृद्धिको लागी अन्तरिक्ष खोजमा सूचना तथा प्रविधिको प्रयोग, विस्तार एवं प्रसारमा सहयोग पुर्याउनु हो । यसको मुख्य लक्ष्य भनेको अन्तरिक्ष सम्बन्धी खोजको क्षेत्रमा नेपाललाई प्रतिस्पर्धी मुलुकको रुपमा विकास गर्नु हो ।”, आयोजक माधव स्पेश एजेन्सीका प्रमुख लखिन्द्र कुमारले बताउनुभयो । 

ह्याकाथनको पहिलो दिन कात्तिक १ गते उद्घाटन सत्रमा अमेरिकन राजदुतावासका साउथ एसिया क्षेत्रिय वातावरण, विज्ञान, प्रविधी र स्वास्थ्य विज्ञ [Regional ESTH Affairs Specialist, Regional Environment, Science, Technology and Health (ESTH) Office for South Asia U.S. Embassy] जयपाल श्रेष्ठ, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव प्रसाद ढुङ्गेल, हिमालयन ह्वाइट हाउसका प्रशासकिय निर्देशक नारायण काफ्ले , विज्ञान संकाय संयोजक इन्जिनियर मनोज खनाल, मङ्गलदिप मल्टिविजनेसका कार्यकारी व्यवस्थापक खेमराज देवकोटा, चिकित्सक डा. सोहन कुमार साह, नेपाल एस्ट्रोनोमिकल सोशाइटीकी परियोजना संयोजक मनिषा दावा लगायत विभिन्न अतिथीहरुको सहभागीता रहेको थियो ।

ह्याकाथनको उद्घाटन सत्रमा सहभागी अतिथीहरु

ह्याकाथनको दोस्रो दिन कात्तिक २ गते सम्मेलनमा सहभागीहरुले वर्तमान संसारमा देखीएको चुनौती समाधान गर्नका निमित्त विभिन्न समूहमा विभाजित भएर परियोजना कार्यमा संलग्न भए । सोही दिन एरोस्पेशको नेपालमा हालको स्थिती र भविष्य विषयमा राष्ट्रिय विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान (NAST) का ग्राउण्ड स्टेशनका प्रमुख एवं एरोस्पेश इन्जिनियर  रोशन पाण्डेले प्रस्तुती दिनुभएको थियो ।

एरोस्पेशको नेपालमा हालको स्थिती र भविष्य विषयमा राष्ट्रिय विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान (NAST) का ग्राउण्ड स्टेशनका प्रमुख एवं एरोस्पेश इन्जिनियर  रोशन पाण्डे

सम्मेलनको अन्तिम दिन कात्तिक ३ गते सहभागीहरुले ह्याकाथनको विभिन्न परियोजनाको निष्कर्ष निकाल्दै संसारमा देखिएका वर्तमान चुनौतीहरुलाई समाधान गर्नका निमित्त गर्न सकिने प्रयासको बारेमा सामूहिक प्रस्तुती दिएका थिए । सो प्रस्तुतीको मुल्याङ्कन  राष्ट्रिय विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान (NAST) का ग्राउण्ड स्टेशनका प्रमुख एवं एरोस्पेश इन्जिनियर रोशन पाण्डे, सचवेयरका सूचना प्रविधी इन्जिनियर ईडा रिजाल, नेपाल विद्धुत प्राधिकरण(NEA)का इलेक्ट्रिकल इन्जिनियर रमेश अवस्थी, विश्व खाद्ध कार्यक्रम (WFP)का खानेपानी इन्जिनियरिङ विज्ञ, जानुका ज्ञवाली, नेपाल एस्ट्रोनोमिकल सोशाइटीका एरोस्पेश इन्जिनियर मार्सल भण्डारी लगायतले गर्नुभएको थियो । उक्त निर्णायक टोलीले प्रथम द्वतिय र तृतिय समूहहरु क्रमशः Mediator Team, Stellarploration Team, Fornax Team घोषणा गर्नुभएको थियो । 

ह्याकाथनमा सहभागीहरु छलफल गर्दै

पृथ्वीमा भएका वर्तमान चुनौतिको विषयमा पहिलो भएको Mediator Team ले चन्द्रमामा पहिलो मानव पाइलाले टेकेको ५० औँ बार्षिकोत्सवको अवसरमा Augmented Reality(AR) सृजना गरेको थियो । यस्तै दोस्रो समूह Stellarploration Team ले Virtual Reality भर्चुअल गेम सृजना गरेको थियो जुन गेमबाट विश्व ब्रह्माण्ड भ्रमण गर्न सकिन्छ । यस्तै तेस्रो समूह Fornax Team रहेको थियो जसले पृथ्वीको कक्षमा घुमिरहेको भु-उपग्रहहरुलाई अध्ययन एवं अवलोकन गर्न भिडियो गेमको आविष्कार गरेको थियो । यि ३ समूह मध्य पहिलो २ समूहलाई ग्लोबल राउण्डको लागी नेपालको तर्फबाट नोमिनेशन गरिएको छ । 

ह्याकाथनमा सहभागीबाट  प्रदुषणको मापन गरी  गुगल म्यापमा डिजिटल डाटा डिस्प्ले गर्ने प्रविधीबारे प्रस्तुती गर्दै

यसैबिच नेपालमा आयोजना भएको ह्याकाथन अन्तर्गत पुर्वी नेपालको विराटनगरमा पनि यस च्यालेञ्जको आयोजना भएको थियो । जसको आयोजना इनोभेटिभ घर नेपाल र नेपाल एसट्रोनोमिकल सोशाइटीले गरेका थिए । सो ह्याकाथनमा  प्रथम, द्वितिय र तृतिय क्रमशः Team Vision, Fire Fighter, Let it be X रहेको इनोभेटिभ घर नेपालका अध्यक्ष विक्रान्त कार्कीले जानकारी दिनुभयो । यि ३ समूह मध्ये पहिलो २ समूहका परियोजनालाई ग्लोबल राउण्डको लागी नेपालको तर्फबाट सिफारिश गरिएको छ । 

कार्यक्रमको समापन सत्रको सामूहिक तस्विर

काठमाडौँ आयोजक माधव स्पेश एजेन्सीले भने नेपालमा भएका यि दुई कार्यक्रममा कुल २२ वटा समूह सहभागी भएको र त्यसबाट छानिएका  ६ वटा समूहहरुमध्यबाट ४ वटा समूहको परियोजनालाई ग्लोबल राउण्डका लागी नेशनल एरोनोटिक्स एण्ड स्पेश एड्मिनिस्ट्रेटिभ (NASA), अमेरिकाको लागी  सिफारिश गरिएको जनाएको छ । सो ग्लोबल राउण्डको नतिजा  आगामी माघ देखी फागुन महिनासम्ममा आइपुग्ने ह्याकाथनको नेतृत्वकर्ता संस्था  नेशनल एरोनोटिक्स एण्ड स्पेश एड्मिनिस्ट्रेटिभ (NASA)  र ह्याकाथानका ग्लोबल संयोजक मार्ट स्कोटले जानकारी दिएका छन् ।

 

 

 


  • 126
  •  
  •  
  •  
  •  
  •  
  •  
    126
    Shares
प्रतिक्रिया
Loading...