विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

श्रीमान्द्वारा श्रीमतीको हत्या

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कैलाली, २१ असार – लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३५ वर्षीय इन्द्रबहादुर चौधरीले ३२ वर्षीया श्रीमती गरीबी चौधरीलाई आज धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोग लगाइएको छ ।

मदिरा सेवन गरेका श्रीमान् र श्रीमतीबीच सामान्य विवादमा कुटपिट भएपछि हत्या गरिएको सोधपुछका क्रममा चौधरीले प्रहरीलाई बताएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो ।

इन्द्रबहादुरले काठको लट्ठी प्रयोग गरी हत्या गरेको प्रहरीसमक्ष बयान दिए पनि प्रहरीको प्रारम्भिक अनुसन्धानमा भने धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको छ ।

मृतकको टाउको र शरीरका विभिन्न भागमा घाउचोट र नीलडाम देखिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धानका लागि अभियुक्त चौधरीलाई लम्कीचुहा नगरपालिका प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गरिरहेको तथा शव परीक्षणका लागि टीकापुर अस्पताल लगिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time