विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

घरजग्गा मेलामा ३७ लाख देखी ९५ लाख सम्मका अपाटमेन्टमा ५ प्रतिशत छुट

  •  
  •  
  • 0
  •  
  •  
  •  
  •  

काठमाण्डौ,४ असार – काठमाण्डौँ उपत्यकामा सस्तो मुल्यमा घर जग्गा वा अपाटमेन्ट खरिद बिक्रि गर्न चाहानेहरु थुप्प्रै हुन्छन् । नेपालमा भुकम्प पछि घर निमार्णको क्रम बढ्दो गतिमा छ । उपत्यकामा अपाटमेन्ट बसाइ अहिले निकै प्रचलीत छ । भुकम्पका कारण सबै घर तथा अपाटमेन्टहरु यिनको पुर्न निमार्ण र बिक्रि वितरण भइरहेको छ ।

घर जग्गा र भवन निमार्ण सम्बन्धी जिज्ञासा समाधान गर्ने उदेस्यले विभिन्न समयमा घरजग्गा मेला पनि हुने गरेको छ । ५ प्रतिशत छुटमा ३७ लाख सम्मका सस्तो अपाटमेन्ट देखी ९५ लाख रुपैयाँ सम्मका अपाटमेन्टहरु भृकुटिमण्डपमा भइरहेको सातौ घरजग्गा मेलामा पनि राखीएका छन् । असार १ गतेबाट सुरु भएको उक्त मेलाले काठमाडौँ उपत्यकाभित्र सस्तो मूल्यमा घरजग्गा वा अपार्टमेन्ट खरिद गर्न चाहनेका लागि मेला निकै फलदायी हुने विश्वास आगोजकले गरेको छ । उक्त मेलामा मेलामा विभिन्न हाउजिङ कम्पनीका घर तथा अपार्टमेन्ट, घर बनाउन चाहिने निर्माण सामाग्री, इन्टेरियर डिजाइन तथा फाइनान्सको सुविधाबारे जानकारी सहितका स्टलहरु पनि राखीएका छन ।

मेलामा रोडशो रियल स्टेटले बुढानिलकण्ठमा एक बेडरुमको अपार्टमेन्ट ७७ लाख रुपैयाँमा बिक्री गर्ने जनाएको छ । सातदोबाटो ललितपुरमा रहेको क्लासिक टावरले २ बेडरुमको अपार्टमेन्ट ८२ लाख रुपैयाँदेखि विक्रिका लागि राखेको छ । यस्तै ललितपुरको चापागाउँमा रहेको साउथिन ग्रीन हाउजीङमा ढाइ आनामा बनेका घर ९५ लाख रुपैयाँमै किन्न पाइन्छ । मेला अवधिभर विशेष प्याकेज ल्याउँदै ९५ लाख रुपैयाँ देखि ५ आनामा बनेको घर एक करोड ७५ लाख रुपैयाँ सम्ममा बिक्रीका लागि राखेको छ । मेला अवधीमा जग्गा किन्न चाहनेलाई आइएमएस डेभ्लोपर्सले ९ लाख रुपैयाँ प्रति आनामा प्लानिङका घडेरी बिक्री गरिरहेको छ ।

असार १ गते देखि सुरु भएको मेला असार ५ गते सम्म चल्नेछ । मेलामा अवलोकनकर्ताको पनि भिँड लागेको छ । यस पटकको मेलामा साठ्ठी हजार भन्दा बढीले अवलोकन गर्ने आयोजकको विश्वास छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  • 0
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time