विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

एमसीसी सम्झौता बारे विवेकशील नेपाली दलको धारणा सार्वजानिक

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

१५ माघ । बहुचर्चित मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एम.सी.सी) को संझौतामा प्रष्टता ल्याई आवश्यक संशोधन गरेर मात्र पारित गर्नुपर्ने विवेकशील नेपाली दलले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

“मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एम.सी.सी) का बुँदाहरू मा सरकारले प्रष्टता ल्याइ आवश्यक संशोधन गरेर मात्र पारित गर्नुपर्छ भन्ने कुरा विवेकशील नेपाली दलले स्पष्टसँग राख्न चाहन्छ”, दलको उपाध्यक्ष अजिता राईद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा एमसीसीको यस कदमले गर्दा कतिपय बुँदामा आम नागरिकको तहबाट बहस गरिनु सकारात्मक भएतापनि त्यसलाई मार्गनिर्देश गर्ने कार्यमा सरकार चुक्नुलाई सरकारको असफलता भएको उल्लेख छ ।

दलले राष्ट्रिय हित अनुकूल आवश्यक संशोधन गरेर मात्र संसदबाट एमसीसी सम्बन्धी सम्झौतापत्रमा निर्णय गरियोस् भनेर माग गर्दै आवश्यक परे नेपालको समग्र वैदेशिक सहायता सम्बन्धी सन्धी सम्झौतालाई नै समिक्षा गरी एउटा समग्र कार्ययोजना अगाडि ल्याउनुपर्ने बताएको छ ।

जारी प्रेस विज्ञप्तीमा दलले ६ वटा प्रश्नहरुको उत्तर सरकारले नागरिक माझ प्रष्ट पारिनुपर्ने बताएको छ ।

विवेकशील नेपाली दलले सरकारलाई प्रष्ट्याउन भनेको ६ प्रश्नहरु

 

 

 


  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares
प्रतिक्रिया
Loading...