विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

सिन्डिकेट विरूद्ध मयुर यातायातलार्इ सरकारले साथ दिने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – सिन्डिकेट कायम राख्दै एकलौटी बस चलाउन पाउनुपर्ने माग राखी सेवा अवरुद्ध गर्ने यातायात समितिका बसको रुट परमिट (बाटो इजाजतपत्र) सरकारले खारेज गर्ने भएको छ । आजको कारोबारको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

[dropcap][/dropcap]

साविकको यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी बागमतीले मयुर यातायात प्रालिलाई काठमाडौ-बनेपाको रुट परमिट दिइ उक्त बसले सेवा सुरु गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसम्बद्ध १३ वटा समितिहरु आन्दोलनमा उत्रिएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

मयुर यातायातलाई बनेपासम्म जान इजाजत दिइएको विरोधमा आइतबारदेखि महासंघसम्बद्ध १३ वटा संघ/समितिले काभ्रे र भक्तपुरका सबै ग्रामिण क्षेत्रमा सवारी साधन चलाउन छाडेका छन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...