17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

हुण्डी कारोबारमा संलग्न पक्राउ

समाचारअन्तर्राष्ट्रियहुण्डी कारोबारमा संलग्न पक्राउ

काठमाडौँ, १७ कात्तिक

प्रहरीले स्थानीय खिचापोखरीबाट हुण्डी कारोबारमा संलग्न तीन जनालाई रु ५६ लाख ८० हजारसहित आज पक्राउ गरेको छ । हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा झोला बोकी हिँडिरहेको अवस्थामा स्रोत खुलाउन नसकेको सो रकमसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाग्लुङ पैँयुँ पथान गाउँपालिका घर भई काठमाडौँ धापासी बस्ने पूर्ण थापा, बाग्लुङ बुर्तिबाङ–१ घर भई काठमाडौँ बालाजु बस्ने प्रदीप छन्त्याल र मोरङ कानेपोखरी नगरपालिका– ३ घर भई काठमाडौँ लैनचौर बस्ने कुलदीप चौधरी रहेको प्रहरीले जनाएको छ । उक्त रकममध्ये थापाका साथबाट रु ३९ लाख, छन्त्यालका साथबाट रु १३ लाख ५० हजार र चौधरीका साथबाट रु चार लाख ३० हजार बरामद भएको थियो ।

900Views

Check out our other content

Check out other tags:

Most Popular Articles